बैंक तथा वित्तीय संस्था पनि दुइ दिन विदा


जनतापत्र चौतारा ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। मानव स्रोत व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ।

यो नयाँ नियम २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउनेछ। यससँगै बैंकहरूको दैनिक सञ्चालन समय पनि परिमार्जन गरिएको छ। अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सेवाग्राहीहरूले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन्।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले पनि आ–आफ्नो स्तरमा नयाँ समय तालिका लागू गर्न थालेका छन्। कर्मचारीहरूलाई सेवा समय सुरु हुनुभन्दा अघि, बिहान ८ बजेर ४५ मिनेट सम्म कार्यस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाइएको छ। साथै, जाडो याम ९कात्तिक १६ देखि माघ १५० मा भने समय फेरि परिवर्तन हुनेछ। त्यस अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मात्र उपलब्ध हुनेछ।

२३ चैत्र २०८२, सोमबार १२:४४