कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, निश्कल राई दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणामअनुसार ५ हजार ४०० मत गणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।

मतपरिणाममा निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन् भने इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै, प्राडा गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र इन्जिनियर मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये प्रबल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४० र इन्जिनियर अमृत ज्ञावलीले २ हजार ५९१ मत प्राप्त गरेका छन्।

त्यसैगरी, अर्जुनप्रसाद जोशीले २ हजार ५८०, सन्दीप रानाले २ हजार ५१५, इन्जिनियर नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७ र भरतकुमार शाहले २ हजार ४३१ मत पाएका छन्। महेश खरेलले २ हजार ३४३ तथा मिनकृष्ण महर्जनले २ हजार ३३४ मत प्राप्त गरेका छन्।

मतगणनामा बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, इन्जिनियर ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१ र कुमार लुइँटेलले २ हजार १९९ मत पाएका छन्। इन्जिनियर दीपक बाबु कँडेलले २ हजार १६८, किरण केसीले २ हजार १३२ र उज्ज्वलप्रसाद बरालले २ हजार १२२ मत प्राप्त गरेका छन्।

यसैगरी, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२ र मदनकृष्ण श्रेष्ठले १ हजार ९९४ मत पाएका छन्। डा. मुकेशराज काफ्ले र डा. सुरजराज काफ्लेले समान १ हजार ९७९ मत प्राप्त गरेका छन्। प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४ तथा डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९० मत पाएका छन्।

त्यस्तै, किरणकिशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९, डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४, प्रकाशसिंह कार्कीले १ हजार ८२६ र प्रदीपकुमार सुनुवारले १ हजार ८२३ मत प्राप्त गरेका छन्। कृष्ण रिजाल र सुधांशु कोइरालाले समान १ हजार ७५० मत पाउँदा नीलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन्।

अन्य उम्मेदवारतर्फ चित्रबहादुर केसीले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन्।

मधुराप्रसाद घिमिरेले १ हजार ४८४, अनिलकृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६ र छत्रबहादुर गिरीले १ हजार ३६४ मत पाएका छन्। पुष्पबहादुर शाहले १ हजार ३४९, कविता तिवारी (गैह्रे) ले १ हजार ३४० र जगतप्रसाद जोशीले १ हजार ३३२ मत प्राप्त गरेका छन्।

रमेश रायमाझी र राजेन्द्र खत्री केसीले समान १ हजार ३१२ मत पाउँदा चिरञ्जीवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन्। खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१ र हरिप्रसाद आचार्यले १ हजार १५३ मत पाएका छन्।

त्यसैगरी, गोविन्दबहादुर शाह (शम्भु) र धर्मराज गौतमले समान १ हजार ११५ तथा दोर्णकुमार कुँवरले १ हजार ११२ मत प्राप्त गरेका छन्। गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६ र सकलदेव सत्तिहारले १ हजार ५१ मत पाएका छन्। राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत प्राप्त गरेका छन्। ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत पाउँदा प्रभातमणि ओझा (प्रविण) ले ५८७ मत पाएका छन्।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था रहेकाले मतगणना जारी रहँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा कायम छ। अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै निर्वाचित हुने सदस्यहरूको टुंगो लाग्नेछ।

२९ आश्विन २०८३, बिहीबार १३:२३