५० प्रतिशत अनुदानमा १४ वटा मिनिटिलर वितरण, किसानलाई कृषि आधुनिकीकरणमा टेवा

जनतापत्र,सिन्धुपाल्चोक ।
प्रत्यक्ष रूपमा किसानसम्म सरकारी अनुदानको पहुँच पुर्‍याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा १४ वटा मिनिटिलर ९हाते ट्याक्टर० वितरण गरिएको छ।

वडाको बजेटबाट विनियोजन गरिएको अनुदानअन्तर्गत कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गरिएको हो। कार्यक्रमले आधुनिक कृषि प्रविधिको प्रयोग बढाउँदै खेतीपातीलाई सहज, छिटो र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

मिनिटिलर प्राप्त गरेका किसानहरूले कृषि कार्यमा श्रम, समय र लागत बचत हुने तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने बताएका छन्। पछिल्लो समय कृषि क्षेत्रमा जनशक्तिको अभाव भइरहेका बेला यस्ता कृषि उपकरणले किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग तथा आवश्यक समन्वय गरेकोमा बलेफी गाउँपालिकाको कृषि विकास शाखाप्रति धन्यवाद व्यक्त गरिएको छ।

वडा कार्यालयले आगामी आर्थिक वर्षमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै अझ बढी किसान आमाबुबासम्म यस्ता अनुदान कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषि आधुनिकीकरण र व्यावसायिक कृषिको विकासमा जोड दिइने वडाको प्रतिबद्धता रहेको छ।
त्गभ द्दद्दस्ज्ञज्ञ
चौतारा साँगाचोकगढी–१० मा ‘एक वडा एक उत्पादन’ अन्तर्गत ४५ लाखको कफी प्रवर्द्धन परियोजनाको संयुक्त अनुगमन

चौतारा, असार २१ — चौतारा साँगाचोकगढी नगरपालिका–१० मा सञ्चालन गरिएको ‘एक वडा एक उत्पादन’ कफी प्रवर्द्धन कार्यक्रम अन्तर्गत करिब रु। ४५ लाख लागतको दोस्रो चरणको परियोजना सम्पन्न भएको छ। परियोजना सम्पन्न भएपछि शनिबार संयुक्त अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न गरिएको हो।

अनुगमन कार्यक्रममा कृषि निर्देशनालयका प्रमुख, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधि, कफी सहकारी संघका पदाधिकारी, कफी कृषक, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमन टोलीले परियोजनाअन्तर्गत कफी खेती विस्तार, बिरुवा व्यवस्थापन, उत्पादनको अवस्था, कृषकले प्राप्त गरेका सुविधा तथा कार्यक्रमको प्रभावकारिताबारे स्थलगत निरीक्षण गरेको थियो। सहभागीहरूले कफी खेतीले वडा नं। १० मा व्यावसायिक कृषि प्रवर्द्धन, आयआर्जन वृद्धि र स्थानीय उत्पादनको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

कार्यक्रमका क्रममा कफी उत्पादनलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्राविधिक सहयोग, प्रशोधन, ब्रान्डिङ तथा बजारीकरणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। साथै, कफी खेती विस्तार गर्दै थप कृषकलाई कार्यक्रमसँग आबद्ध गराउन सबै निकायबीच सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

‘एक वडा एक उत्पादन’ अवधारणाअन्तर्गत दोस्रो पटक सञ्चालन गरिएको यो परियोजनाले वडा नं। १० लाई कफी उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित गर्न थप टेवा पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

२४ असार २०८३, बुधबार ०५:१७