
आइसिँ तामाङ,हैबुङ सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङमा समुदायकै पहलमा हैबुङ ब्लोन समाज औपचारिक रूपमा गठन गरिएको छ। कृष्ण ब्लोन तामाङको संयोजनमा बसेको बैठकले १३ सदस्यीय नयाँ समिति घोषणा गर्दै हैबुङ क्षेत्रको सांस्कृतिक पहिचान, परम्परा र सामुदायिक एकतालाई सुदृढ बनाउने संकल्प गरेको छ। नवगठित पदाधिकारीहरूमा अध्यक्ष : सन्दरसिङ तामाङ ब्लोन,उपाध्यक्ष : टिकराम तामाङ ब्लोन, जन्तरे तामाङ ब्लोन सचिव : वीरबहादुर तामाङ ब्लोन कोषाध्यक्ष : पुजन तामाङ ब्लोन,सदस्यहरुमा,दुर्गबहादुर तामाङ ब्लोन,कृष्णबहादुर तामाङ ब्लोन,विजय तामाङ ब्लोन,डुकु तामाङ ब्लोन,सन्छबहादुर तामाङ ब्लोन,पुर्णसिङ तामाङ ब्लोन,बुद्ध लामा ब्लोन (आकाश),फुर्पा लामा ब्लोन रहेका छन भने सल्लाहकारहरुमा, प्रबिन तामाङ,कृष्ण तामाङ,कान्छलाल बहादुर तामाङ,श्यामबहादुर लामा,कृष्ण बि. तामाङ रहनु भएको छ । बैठकले नयाँ समितिमार्फत हैबुङबासीको परम्परा, भाषा, धर्म, संस्कार, संस्कृति तथा रीतिरिवाज जगेर्ना र संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको स्पष्ट गरेको छ। यससँगै, नवगठित समाजले सम्पूर्ण हैबुङमा रहेको तामाङ मुदायको पहिचानलाई मजबुत बनाउने, समुदायबीच सहकार्य बढाउने तथा भविष्यमा विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। समाज गठनसँगै हैबुङमा तामाङ समुदायको संगठित आवाज थप प्रभावकारी रूपमा अघि बढ्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
३० कार्तिक २०८२, शनिबार १९:०४