सुकुटे माविका विद्यार्थीलाई ¥याफ्टिङ अनुभव, पर्यटन प्रवद्र्धनमा जोड


जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० स्थित सुकुटे माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सुनकोसी बीच रिसोर्टले सुनकोशी नदीमा ¥याफ्टिङ गराएको छ । विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त गतिविधिमा चौरानव्वे जना को सहभागी थियो । सुनकोशी विच रिसोर्ट,रिभर वे रिसोर्ट,सुकुटे विच रिसोर्ट र भोटेकोशी विच रिसोर्टले र्याफ्टिङका लागि डुङ्गा सहयोग गरेका थिए भने सुनकोशी विच रिसोर्टले खाजा र अन्य व्यवस्थापन गरेका थिए । विद्यार्थीहरूले साहसिक पर्यटनको प्रत्यक्ष अनुभव लिन पाएका हुन् ।
विद्यालय, होटल व्यवसायि, पर्यटन वोर्ड र स्थानीय समुदायबीच सहकार्य गर्दै सञ्चालन गरिएको यो कार्यक्रम गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको र यो कार्यक्रम विगत १३ वर्षअघिदेखि निरन्तर हुँदै आएका सुनकोशी वीच रिसोर्टका संचालक अन्जन कुमार खड्काले बताइएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहित देखिएका थिए भने उनीहरूले ¥याफ्टिङमार्फत सुनकोशी नदीको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनबारे जानकारी पाएका थिए ।


उनका अनुसार विद्यालयस्तरबाटै विद्यार्थीलाई स्थानीय पर्यटनसँग जोड्दा पर्यटनप्रति सकारात्मक सोच विकास हुनुका साथै भविष्यमा पर्यटन क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, सामाजिक अभियन्ता, स्थानीय अभिभावक तथा सुकुटे पर्यटन बोर्डका सदस्यहरूको समेत सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, साहस र समूहमा काम गर्ने क्षमताको विकास हुने धारणा व्यक्त गरेका थिए ।
विद्यालय प्रशासनले अतिरिक्त क्रियाकलापसँगै व्यवहारिक सिकाइलाई जोड दिन यस्ता कार्यक्रम प्रभावकारी हुने जनाएको छ । सुनकोशी नदी आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढ्दै जाँदा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ ।

३ जेष्ठ २०८३, आईतवार १९:१६