जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४२ जनाको सम्झनामा सातदोबाटोमा सहिद पार्क निर्माण, २३ भदौमा उद्घाटन गर्ने तयारी
काठमाडौं — जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ सहिदको सम्झनामा सालिक निर्माण कार्य भइरहेको छ। तीमध्ये सिन्धुपाल्चोकका उमेश महत र योगबहादुर श्रेष्ठको समेत सालिक निर्माण गरिँदैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित परिसरमा सहिदहरूको सालिकसहित स्मृति पार्क निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ। करिब ५५ लाख रुपैयाँको लागतमा नौ महिनाअघि सुरु गरिएको सालिक निर्माणमध्ये हालसम्म १५ वटा सालिक तयार भइसकेका छन् भने बाँकी सालिकको अन्तिम रूप दिने काम भइरहेको छ।
आयोजकले जेन–जी आन्दोलन भएको एक वर्ष पूरा हुने अवसर पारेर आगामी २३ भदौमा सहिद स्मृति पार्क उद्घाटन गर्ने तयारी गरेको जनाएको छ।
सालिक निर्माण हुने ४२ सहिदमध्ये सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–८ का उमेश महत पनि रहेका छन्।
सहिदहरूको सम्झनालाई दीर्घकालसम्म जीवन्त राख्ने उद्देश्यले पार्कभित्र उनीहरूको सालिक स्थापना गर्न लागिएको हो। पार्क निर्माणसँगै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदान र स्मृतिलाई संस्थागत रूपमा सम्मान गर्ने प्रयास गरिएको बताइएको छ।
सालिक निर्माण हुँदै गरेका ४२ सहिद
१. बुद्धिबहादुर तामाङ — कीर्तिपुर–२, काठमाडौं
२. सन्तोष विश्वकर्मा — बेलका–४, उदयपुर
३. सुलभराज श्रेष्ठ — नेपालगन्ज–१, बाँके
४. श्रीयम चौलागाईं — बेलबारी–११, मोरङ
५. इस्वतबहादुर अधिकारी — काठमाडौं महानगरपालिका–११
६. आयुष थापा — नेपालगन्ज–१, बाँके
७. गौरव जोशी — धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ — बाह्रबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारूमगर — भूमिकास्थान–४, अर्घाखाँची
१०. विमलबाबु भट्ट — बारपाक सुलीकोट–५, गोरखा
११. असहाव आलम ठकुराई — वीरगन्ज–१२, पर्सा
१२. सौरनकिशोर श्रेष्ठ — बागलुङ–४
१३. सुभाषकुमार बोहरा — खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री — पनौती–१०, काभ्रे
१५. विनोद महर्जन — ललितपुर–७
१६. दिलनारायण तामाङ — तेमाल–७, काभ्रे
१७. योगेन्द्र न्यौपाने — गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ — इनरुवा–६, सुनसरी
१९. मोहन सरदार — इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी — पाख्रीबास–२, धनकुटा
२१. ओझन बुढा — स्वामिकार्तिक खापर–२, बाजुरा
२२. साजन राई — धरान–२२, सुनसरी
२३. अनिश पराजुली — पालुङटार–३, गोरखा
२४. सारकुमार राई — चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट — गण्डकी–४, गोरखा
२६. धीरज श्रेष्ठ — तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी — लालबन्दी–५, सर्लाही
२८. उमेश महत — चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रवीण कुलुङ — सिलिचुङ–३, संखुवासभा
३०. निखिता गौतम — कालिका–८, चितवन
३१. अभिषेक चौलागाईं — शैलुङ–४, दोलखा
३२. विजय चौधरी — लहान–१५, सिराहा
३३. भीमराज धामी — दुर्गाथली–१, बझाङ
३४. नीरज पन्त — दशरथचन्द–६, बैतडी
३५. दीपकसिंह साउद — शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ — ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाईं — अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी — अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी — हिलिहाङ–२, पाँचथर
४०. दीपेश सुनुवार — तीनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी — बिगु–३, दोलखा
४२. लच्छुमान राई — पञ्चकन्या–२, नुवाकोट
स्मृति पार्क उद्घाटनसँगै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति सम्मान व्यक्त गर्ने तथा उनीहरूको सम्झनालाई भावी पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ।
८ भाद्र २०८३, सोमबार ११:३४