जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको सदरमुकाम स्थित श्री कृष्ण रत्न गंगा माविले आफ्नो ७८ औँ बार्षिकउत्सव भव्यताका साथ मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटाको प्रमख आतिथ्यतामो सो कार्यक्रम सम्पन्न भएको हो । उहाँले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आगामी वर्ष १२ कक्षा सम्मको शिक्षा निःशुल्क बनाउने उदघोष गर्नुभएको छ । उहाँले श्री कृष्ण रत्न गंगा माविको ७८ औँ बार्षिकउत्सव तथा ५० औँ अविभाबक भेलालाई सम्वोधन गर्दै नगरसभाले पारित गर्ने जानकारी दिनुभएको हो ।
वर्तमान शिक्षा हातमा प्रमाणपत्र लिने मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी जानकारी दिँदै नगरप्रमुख सापकोटाले व्यवस्था परिवर्तन भएपनि आधारभूत रुपमा जनताको अवस्था परिवर्तन नभएको र त्यसको प्राप्तीको लागि लागिपर्नुपर्ने आवश्यकता जानकारी दिनुभयो ।
नगरपालिकाले मेलचौरमा आवसिय रुपमा पठनपाठन गर्ने वातावरण तय गरिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । आगामी बर्षसम्म २ सय भन्दा बढी बिद्यार्थी बनाउने लक्ष्य रहको सुनाउँदै जहाँ बाबुआमाबिहिन र बित्पन्नहरुलाई स्थान दिएको पनि जानकारी दिनुभयो ।
कठिन परिस्थितिमा बिद्यालय स्थापना गर्ने संस्थापकहरु भक्तध्वज प्रधान र प्रस्तावकर्ता समुन्द्र प्रसाद श्रेष्ठको पूर्व सांसद कृष्णराज श्रेष्ठले सम्झना गर्दै बिद्यालयमा २० बर्ष अध्यापन गराएको, १६ बर्ष बिद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेकाले पूर्व सांसद भन्दापनि पूर्व अध्यक्षको रुपमा प्रस्तुत हुँदा आनन्द प्राप्त भएको जानकारी दिनुभयो ।
शिक्षा देशको मेरुदण्ड भएको बताउदै शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदीले शिक्षा पढ्नु मात्रै नभइ नैतिकवान चरित्रवान र अनुशासित बन्नु भएको र समुदायलाई सामाजिकिकरण र कर्तव्यपरायन बनाउन सक्ने जानकारी दिनुभयो । आगामी शिक्षा टिक्ने टिकाउने र बिक्ने बिकाउने शैक्षिक जनशक्ति उत्पादन गर्नमा जोड दिन बिद्यालयलाई अनुरोध गर्नुभयो ।
२१ पुष २०८१, आईतवार १२:३५