मंसिर ८ मा कांग्रेसको केन्द्रीय समिति बैठक, एजेन्डा सार्वजनिक भएन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको बैठक मंसिर ८ गतेका लागि तय गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको सूचनाअनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ। बैठक ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजना हुनेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई पार्टीले आग्रह गरेको छ।

यद्यपि, बैठकमा छलफल हुने विषय र सम्भावित कार्यसूचीबारे सूचनामा केही खुलाइएको छैन।

५ मंसिर २०८३, शुक्रबार ०९:४०