जनतापत्र, मेलम्ची ।
आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानञ संचालन गरेको छ ।
आज नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा “हामि सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता“ भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानञ सुरू गरिएको हो ।
कानुनले बर्जित गरेको कुनै पनि कार्य सचेत नागरिकले गर्न नहुने अभियानको सुरूवात गर्ने क्रममा नगर उपप्रमुख उमा प्रधानले बताउनुभएको थियो ।
उहाँले पछिल्लो समय विभिन्न लैंगिक हिंसाका घटनाहरू बढ्दै गइरहेको जानकारी दिनुभयो ।
त्यस्ता हिंसाहरुलाई निराकरण गर्न सबै लाग्नुपर्ने बताउँदै लैङ्गिक हिंसा आफुले गर्दिन र सहदिन भनेर सेतो रिबन लगाएको जानकारी दिनुभयो ।
नेपालले सेतो रिबनको बारेमा जानकारी दिदै म हिंसा गर्दिन हिंसा गरेनि सहदिन भनेर लगाएको पूर्व नगर उप– प्रमुख भगवती जानकारी दिनुभयो ।
उहाँले लैङ्गिक हिंसाको विरुद्ध मेलम्ची नगरपालिकाले अघिल्लो कार्यकाल देखि सञ्चालन गरेको कार्यक्रमको बारेमा जनाउनुभयो ।
हिंसा महिलालाई मात्र नभएर पु
रुषलाई पनि हुने जानकारी दिनुभयो ।
१० मंसिर २०८१, सोमबार १३:२०