राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, भारत भ्रमण र सरकारी कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच शुक्रबार शीतल निवासमा भेटवार्ता भएको छ।

भारतको दुईदिने भ्रमणबाट स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्। भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचना हुँदै आएको थियो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारले ल्याउन लागेका अध्यादेश तथा सरकारका पछिल्ला कामकारबाहीका विषयमा छलफल भएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए। लामिछानेको भेटलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्।

१२ मंसिर २०८३, शुक्रबार १५:५३