राजोनिवृत्तिबारे सचेतना, महिला स्वास्थ्य र समुदायस्तरीय योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न


जनतापत्र, सुनकोशी ।
सुनकोशी–७, थुम्पाखरमा महिलाको स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय ‘राजोनिवृत्ति’ सम्बन्धी सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा २०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा ‘राजोनिवृत्ति सवालमा अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन तथा संयोजन कार्यक्रम संयोजक टीका देवी थापाले गर्नुभएको थियो। कार्यक्रमको सभाध्यक्षता ग्रामीण महिला सिर्जनशील परिवार कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष जयन्ती खड्काले गर्नुभएको थियो भने सुनकोशी गाउँपालिका–७ का वडा अध्यक्ष चक्रबहादुरज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा थुम्पाखर स्वास्थ्य चौकीकी प्रमुख जुली आले र जिएमस की टीका देवी थापाले सहजीकरण गर्नुभएको थियो।
राजोनिवृत्ति के हो?
कार्यक्रममा महिलाको जीवनचक्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने राजोनिवृत्ति (ःभलयउबगकभ) भनेको के हो, यस अवस्थामा देखिन सक्ने शारीरिक तथा मानसिक परिवर्तन, सामान्य लक्षण, स्वास्थ्यमा पर्ने असर तथा अपनाउनुपर्ने सावधानी र स्वास्थ्य हेरचाहका विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
राजोनिवृत्तिलाई स्वाभाविक जीवन प्रक्रियाका रूपमा बुझ्दै यस अवधिमा महिलालाई परिवार, स्वास्थ्य संस्था र समुदायबाट आवश्यक साथ, सहयोग, सम्मान र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।


वडा र स्वास्थ्य संस्थाको भूमिकामाथि छलफल
कार्यक्रममा वडा कार्यालय तथा स्वास्थ्य संस्थाले वडा तहमा महिलाको स्वास्थ्य प्रवद्र्धनका लागि खेल्नुपर्ने भूमिका, स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन, स्वास्थ्य परामर्श, महिला स्वास्थ्य स्वयंसेविकामार्फत सूचना प्रवाह तथा आवश्यक स्वास्थ्य सेवामा महिलाको पहुँच बढाउने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी वडा सचिव, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, सहकारी तथा विद्यालय प्रतिनिधिलगायत स्थानीय सरोकारवालाहरूको सहभागितामा महिलाको स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी समुदायमै सचेतना अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो।
समुदायस्तरीय योजना निर्माण
कार्यक्रममा सहभागीहरूको सुझाव तथा अनुभवका आधारमा महिला स्वास्थ्य र राजोनिवृत्तिसम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा आगामी दिनमा सञ्चालन गर्न सकिने कार्यक्रम तथा योजना निर्माणसमेत गरिएको थियो।
महिलाको स्वास्थ्यलाई परिवार र समुदायको साझा सरोकारका रूपमा विकास गर्दै वडा, स्वास्थ्य संस्था, महिला समूह, सहकारी, विद्यालय तथा सामाजिक संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।


वडा अध्यक्ष र सभाध्यक्षको प्रतिबद्धता
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चक्रबहादुरज्यूले महिलाको स्वास्थ्य तथा सामाजिक सशक्तीकरणका लागि वडा तहबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै सभाध्यक्ष जयन्ती खड्काले महिलाहरूले आफ्ना स्वास्थ्
यसम्बन्धी विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै न्ःक्ए ले महिला स्वास्थ्य, सचेतना र सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, सहकारी, विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग तथा सम्बन्धित स्थानीय सरोकारवालाहरूको समन्वय एवं सहभागिता महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

९ भाद्र २०८३, मंगलवार २०:२५