ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भए–नभएकोबारे भने हालसम्म विवरण प्राप्त भएको छैन।

९ मंसिर २०८३, मंगलवार ११:२१