जनतापत्र, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको चौतारामा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धी अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना तथा बि.बि.सि. मिडिया एक्सनको आर्थिक सहयोगमा २०८३ साल जेठ ९ गते जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभाहल चौतारामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम उद्घाटन तथा तालिम गरी दुई चरणमा सञ्चालन गरिएको थियो। उद्घाटन सत्र सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त अवसरमा उहाँले सामुदायिक वन उपभोक्ता महासंघको भूमिका, वन व्यवस्थापन, सुशासन, महिला–पुरुषको ५०/५० प्रतिशत सहभागिता तथा सामुदायिक वन उपभोक्ता समूह मैत्री नीति निर्माणमा महासंघले खेलेको योगदानबारे प्रकाश पार्नुभएको थियो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष ऋषिराम नेपाल को सभाध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सचिव सन्तोषी कुँवर ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संयोजक यज्ञ दंगाल ले सञ्चालन गर्नुभएको थियो।
दोस्रो सत्रमा प्रशिक्षक जनकराज गिरि ले मौसम तथा जलवायु सूचना सेवा प्रणाली र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुभएको थियो। उहाँले मौसम भनेको कुनै निश्चित स्थान र समयमा वायुमण्डलको अवस्था भएको उल्लेख गर्दै घाम, वर्षा, हावा तथा बादलजस्ता गतिविधि मौसमका आधारभूत पक्ष भएको बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेश महासंघ सचिवालय सदस्य लालकुमारी अधिकारी लगायत चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका र बलेफी गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
११ जेष्ठ २०८३, सोमबार ०५:१०