जनतापत्र, चौतारा ।
प्रजातन्त्र दिवसका अवसरमा बुधबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सिन्धुपाल्चोकको चौतारामा भएको फाईनल खेलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स टिमलाई १ गोल गर्दै कर्मचारी मिलन केन्द्र टिम वि ले प्रथम भएको हो ।
खेल निकै प्रतिस्पर्धात्मक भएको थियो ।
खेलको अन्तिम समयमा कर्मचारी टिमका सौरभ सापकोटाले गरेको १ गोल नै निर्णायक खोल भयो ।
४ समुह सहभागी खेलमा पत्रकार महासंघ सिन्धुपाल्चोकलार्ई पराजित गर्दै कर्मचारी मिलन केन्द्र टिम वि र कर्मचारी मिलन केन्द्र टिम ए लाई पराजित गर्दै बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स समुह फाइनलमा पुगेका थिए ।
मिलन केन्द्रका सचिव बसन्त बहादुर खडायतले हरेक वर्ष झै यो वर्ष पनि प्रजातन्त्र दिवसका अवसरमा कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले मैत्रीपूर्ण फुटबल गरेको जानकारी दिए ।
८ फाल्गुन २०८१, बिहीबार १३:१२