मेलम्चीका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व, सभापतिमा यी व्यक्ति चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मेलम्ची नगरपालिकाका सबै १३ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट प्रत्येक वडामा सभापतिसहित वडा कार्यसमिति चयन गरिएको हो।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतमान तामाङका अनुसार १३ वटै वडामा पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।

निर्वाचित वडा सभापतिहरूको सूची यस्तो छः

  • वडा नं. १ — देवी चौलागाईं
  • वडा नं. २ — बुद्धि छिरिङ तामाङ
  • वडा नं. ३ — श्याला लामा
  • वडा नं. ४ — बुद्धिमान तामाङ
  • वडा नं. ५ — मधुसुदन सिग्देल
  • वडा नं. ६ — नोर्बु तामाङ
  • वडा नं. ७ — दिप तामाङ
  • वडा नं. ८ — विक्रम तामाङ
  • वडा नं. ९ — नारायण खड्का
  • वडा नं. १० — प्रल्हाद ढुङ्गेल
  • वडा नं. ११ — शिवहरी दुलाल
  • वडा नं. १२ — भीमसेन तिवारी
  • वडा नं. १३ — सी.पी. दंगाल

वडा तहको नेतृत्व चयनसँगै अब मेलम्चीमा कांग्रेसको नगर अधिवेशनलगायत माथिल्ला तहका अधिवेशनको तयारी अघि बढ्ने भएको छ।

संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ तथा नगर अधिवेशन, प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै जिल्ला, प्रदेश र केन्द्रीय तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ।

५ आश्विन २०८३, सोमबार ११:३६