
सुनिता रखाल, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढि नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले दुई दिने महिला जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूविच अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । मंगलवार र वुधवार मानव अधिकार ,महिला अधिकार काम कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सो नगरका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले महिला बालबालिका तथा जेष्ठ नागरिकको हक हितका लागि नगरले सक्दो सहयोग गर्ने बताए । नगरले यस क्षेत्रलाई अगाडि बढाउन र सुसूचित गराउन अभिमुखिकरण कार्यक्रम राखिएको समेत धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रसासकिय प्रमुख बैकुण्ठ प्रसाद सापकोटा, महिला जनप्रतिनिधि , नगरका महिला कर्मचारी, सन्जालहरुका प्रतिनिधि सहित प्रशिक्षक नेपाल सरकारको पुर्व सहसचिब रत्नकाजि बज्राचार्यको उपस्थिति रहेको थियो । कार्यक्रम उपप्रमुख सीता थापाको अध्यक्षतामा भएको थियो । उपप्रमुख थापाले नगरभित्रका महिला, बालबालिका तथा जेष्ठहरुलाई साथसहयोग गर्दै आएको र आगामी दिनमा झन प्रभावकारी ढंगवाट कार्यक्रमहरु निर्माण र कार्यन्वयन गर्ने बताइन् ।

२९ माघ २०८१, मंगलवार ११:५९