काठमाडौँ — बारामा बलात्कारपछि हत्या गरिएकी बालिकाका आमा-बुबा गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गर्न शनिबार काठमाडौं आइपुगेका छन्।
जितपुरसिमरा उपमहानगरपालिकास्थित घरबाट साउन ३१ गते बिहान साढे ८ बजेतिर हराएकी बालिका तीन दिनपछि मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि परिवार र स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।
बालिकाको हत्याको विरोधमा बारा, रौतहटलगायत काठमाडौंमा समेत प्रदर्शन भइरहेको छ। प्रदर्शनका कारण सिमरा–पथलैया सडकखण्डसमेत प्रभावित भएको जनाइएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले जितपुरसिमरा क्षेत्रका १७ र २४ वर्षीय दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूमाथि बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
६ भाद्र २०८३, शनिबार १९:४१