जनतापत्र, जुगल ।
जुगल गाउँपालिका– १, २ र ५ को सीमा कुम्भेश्वरमा ड्याम बनाएर आरुबोटेमा विद्युत उत्पादन कार्य भइरहेको छ । बलेफी जलविद्युत आयोजनाले सुरूमा १० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने बताएको थियो । पछि स्थानियलाई थाहानै नदिई बढी क्षमताको विद्युत उत्पादन गर्न लागेको भन्दै स्थानीयहरु आयोजना प्रति आक्रोशित देखिएका छन् ।
मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा उक्त आयोजना निर्माण भइरहेको छ ।
अहिले २२ दशमलब १४ मेगावाटको विद्युत उत्पादनका लागि संरचना बनाइएको स्थानीयले बताएका छन् । जुगल–१ का स्थानीय गंगाविक्रम थापाले बढी मेगावाट उत्पादन गर्दा देशका लागि फाइदा हुने भएपनि आफूहरूसँग गरिएको सहमतिबेगर ढाँटछल गरेर स्थानीय स्रोत र साधान हडपेको जानकारी दिनुभयो । उहाँले स्थानियसँग कुनै पनि सहमति बिनानै स्थानियको स्रोत साधानको गलत रूपमा उपभोग गर्दै छल गरेको बताएका छन् । आयोजनाको वेबसाइटमा पनि १० दशमलब ६० मेगावाट विद्युत उत्पादन गर्ने भनि उल्लेख गरिएको छ । मुनलाइटले आयोजनाको प्रारम्भिक वातवरणीय परीक्षणमा १० दशमलब ६० मेगावाटको नै गरेको थियो । पहिले जुगल–१ को कुमाले भन्ने स्थानमा पावर हाउस बनाउने भनिएकोमा अहिले त्यसलाई सारेर आरुबोटेमा निर्माणको काम भइरहेको छ ।
१४ मंसिर २०८१, शुक्रबार ११:५५