बर्तमान सरकार सुशासनको बाधक भएको पूर्वमन्त्री दुलालको आरोप


जनतापत्र, हेलम्बु ।

बर्तमान सरकार सुशासनको बाधक भएको पूर्वमन्त्री युवराज दुलालले आरोप लगाउनुभएको छ ।
बागमती प्रदेशका पूर्व भौतिक तथा पुर्वाधार विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य युवराज दुलाल शरदले आइतवार माओवादी केन्द्र हेलम्बु गाउँपालिकाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बतानुभएको हो । उहाँले अहिलेको सरकारबाट विकास र सुश
ासनको आशा गर्ने ठाउँ नभएको बताउँदै माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा भ्रष्टचारको संरक्षण गर्न प्रचण्ड सरकार ढालेको दाबी गर्नुभयो ।
उहाँका अनुसार, हेलम्बु गाउँपालिकाको विकासको लागि आफुले धेरै प्रयास गरेपनि स्थानीय सरकारनै विकासको बाधक भएको हो ।

सात बर्ष गाउँपालिकाको नेतृत्व गर्दा गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले गाउँपालिका भवन समेत बनाउन नसकेको बताउनुभयो । शेर्पा नेतृत्वको स्थानिय सरकारलाई नेता दुलालले गफाडीको संज्ञा दिएका थिए ।
माओवादी केन्द्र हेलम्बुको दोस्रो अधिवेशनबाट मोदनाथ भण्डारी निर्विरोध चयन भएका छन् । भण्डारीको नेतृत्वमा ४३ सदस्य गाउँपालिका कमिटि निर्विरोध चयन गरिएको निर्वाचन समितिका संयोजक केदार प्रसाद लामिछानेले जानकारी दिए ।

१४ माघ २०८१, सोमबार १२:१९