प्रविधिको सही प्रयोग र सजगतामार्फत मानव बेचबिखन नियन्त्रणमा जोड


सिन्धुपाल्चोक, भदौ २० । मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस २०८३ को अवसरमा “प्रविधिको सही प्रयोग र सजगता स् मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित ग्रामीण महिला सिर्जनशील परिवार ९न्ःक्ए० को सभाहलमा “मानव बेचबिखनको बदलिँदो स्वरूप र सानो उमेरमा हुने विवाहको अन्तरसम्बन्ध” विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।


ग्रामीण महिला सिर्जनशील परिवार ९न्ःक्ए० को आयोजनामा सम्पन्न कार्यक्रममा मानव बेचबिखनको वर्तमान अवस्था, यसको बदलिँदो स्वरूप, प्रविधिको दुरुपयोगबाट सिर्जना हुन सक्ने जोखिम तथा सानो उमेरमा हुने विवाह र मानव बेचबिखनबीचको अन्तरसम्बन्धका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा न्ःक्ए की अध्यक्ष नानीमाया थापाले सहजीकरण गर्दै पछिल्लो समय मानव बेचबिखनको स्वरूप परम्परागत सीमाभन्दा बाहिर गई प्रविधि तथा सामाजिक सञ्जालको माध्यमबाट समेत विस्तार भइरहेको बताउनुभयो। उहाँले विशेषगरी बालबालिका तथा किशोरीहरूलाई अनलाइन माध्यमबाट हुने प्रलोभन, झुटा सूचना, रोजगारी तथा विवाहको बहानालगायतका जोखिमबाट जोगाउन परिवार, समुदाय र स्थानीय तह सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सानो उमेरमा हुने विवाह पनि मानव बेचबिखनको जोखिमसँग जोडिन सक्ने महत्वपूर्ण संकेत भएकाले बालविवाह रोकथाम र मानव बेचबिखन नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।


स्थानीय तहदेखि नै सचेतना र निगरानी आवश्यक
अन्तरक्रियाका क्रममा मानव बेचबिखन नियन्त्रणमा स्थानीय सरकार, गैरसरकारी संस्था, नागरिक समाज, समुदाय, परिवार तथा वडा तहका सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल भएको थियो।
विशेषगरी वडा तहमा सानो उमेरमा हुने विवाहको निगरानी, सम्भावित मानव बेचबिखनको जोखिम पहिचान, समयमै सूचना आदानप्रदान, रोकथाम तथा समुदायस्तरमा निरन्तर सचेतना सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा मानव बेचबिखनविरुद्ध खबरदारी, रोकथाम, संरक्षण तथा पुनर्स्थापनाका विषयमा समेत छलफल गरिएको थियो। मानव बेचबिखनबाट प्रभावित तथा पीडित व्यक्तिको संरक्षणलाई दयाभन्दा पनि अधिकारका रूपमा बुझ्नुपर्नेमा सहभागीहरूको जोड थियो।
कार्यक्रममा निम्न सन्देशहरूलाई विशेष रूपमा जोड दिइएको थियोः
विपद्मा अझ बढी सजग बनौँ, मानव बेचबिखनको जोखिमबाट बचौँ।
सानो उमेरमा हुने विवाह मानव बेचबिखनको जोखिमको संकेत हो।
ड्मानव बेचबिखन पीडितको संरक्षण दया होइन, सुरक्षित हुन पाउने मानव अधिकार हो।
मानव बेचबिखन पीडितहरूको पुनर्स्थापना परिवार र समुदायसम्म व्यवस्थित रूपमा हुनुपर्छ।
ड्मानव बेचबिखनविरुद्ध वडा समिति, साक्षी र संरक्षणमा पछि हट्दैनन् सितिमिति।
सचेत समुदाय, सचेत राज्य—मानव बेचबिखनविरुद्धको अभियानमा ऐक्यबद्धता।
प्रविधिको सही प्रयोगमा जोड
कार्यक्रममा पछिल्लो समय मोबाइल फोन, इन्टरनेट तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै त्यसको सही र सुरक्षित प्रयोगबारे बालबालिका, किशोरकिशोरी, अभिभावक तथा समुदायलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याइएको थियो।


प्रविधि आफैंमा समस्या नभए पनि यसको गलत प्रयोग, अपरिचित व्यक्तिसँगको अनलाइन सम्पर्क, झुटा रोजगारी तथा वैवाहिक प्रस्ताव र विभिन्न प्रकारका प्रलोभन मानव बेचबिखनको जोखिम बन्न सक्ने भएकाले ८८“प्रविधिको सही प्रयोग र सजगता”८८लाई मानव बेचबिखन रोकथामको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमले मानव बेचबिखनविरुद्ध समुदायस्तरमा साझा जिम्मेवारी, निरन्तर खबरदारी र समन्वयात्मक प्रयास आवश्यक रहेको सन्देश दिएको छ। साथै, सानो उमेरमा हुने विवाह रोकथाम, बालबालिकाको संरक्षण र सुरक्षित प्रविधि प्रयोगलाई मानव बेचबिखनविरुद्धको अभियानसँग जोडेर अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ।
“सचेत समुदाय, सचेत राज्य—मानव बेचबिखनविरुद्धको साम्राज्य” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो।

२० भाद्र २०८३, शनिबार १९:३५