प्रमुख जिल्ला अधिकारी श्री शशीधर घिमिरेले उत्तरी तातोपानी नाकाको गरे अवलोकन


जनतापत्र सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी श्री शशीधर घिमिरेले उत्तरी तातोपानी नाकाको अवलोकन गरेका छन्। नाकाको वर्तमान अवस्था, आवागमन व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी लिन उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो।


अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रतिनिधि, भन्सार कार्यालय तथा सम्बन्धित सरोकारवालासँग छलफल समेत गर्नुभएको थियो। उहाँले नाकाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको बताइएको छ।
तातोपानी नाका नेपाल–चीन व्यापार तथा आवागमनका लागि महत्वपूर्ण नाका भएकाले यसको सहज सञ्चालन, सुरक्षा तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रशासन सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।

१४ जेष्ठ २०८३, बिहीबार १२:४९