पोखरा — कास्कीको पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२८ स्थित माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस ओख्ले भीरमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृत्यु हुनेमध्ये चार जना कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।
२३ आश्विन २०८३, शुक्रबार ११:०८