उखु खेती गर्ने किसानलाई सरकारले बाँड्दैछ डेढ अर्ब रुपैयाँ

काठमाडौं, २३ असोज । सरकारले उखु उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न एक अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान वितरण गर्ने सम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी छन्। मन्त्रीको निजी सचिवालयले कार्यविधि स्वीकृत भएको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार उक्त अनुदान बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।

सरकारले उखु खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएको छ।

२३ आश्विन २०८३, शुक्रबार ११:११