पत्रकारमाथिको धरपकडविरुद्ध सिन्धुपाल्चोकमा धर्ना

सिन्धुपाल्चोक । पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले धर्ना दिएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालयको प्रांगणमा जिल्लाका पत्रकारहरू भेला भएर विरोध प्रदर्शन गरेका हुन्। ‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित उनीहरूले धर्ना दिएका थिए।

धर्नामा सहभागी पत्रकारहरूले समाचार संकलन र सम्प्रेषणका क्रममा पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन माग गरेका छन्। साथै, पत्रकारमाथि हुने धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

११ मंसिर २०८३, बिहीबार १०:४०