कार्तिक २४, २०८३ | काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयगणना र राष्ट्रिय पहिचानको प्रतीक भएको बताएका छन्।
नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व म्हः पूजाको महत्त्व उल्लेख गर्दै उनले यस परम्पराले आत्मशुद्धि, आत्मचेतना, आपसी सद्भाव र जातीय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी, गोवर्धन पूजाका अवसरमा गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले नेपालको कृषि संस्कृति र त्यसको महत्त्वलाई उजागर गर्ने उनले बताएका छन्।
देउसीभैलोले छरछिमेक तथा समुदायबीच आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना अझ प्रगाढ बनाउन प्रेरित गर्ने बताएका छन्।
नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा प्रधानमन्त्री शाहले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामनासमेत गरेका छन्।
२५ कार्तिक २०८३, मंगलवार १४:४५