नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत मेलम्ची नगरपालिका वडा नम्बर –१० को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्ण बस्नेतको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट उपसभापतिमा राजु देउजा र सागर माझी, सचिवमा शिवराम सापकोटा र सरोज श्रेष्ठ तथा सह–सचिवमा लक्ष्मण आचार्य र प्रयास रसाइली निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा राधिका खड्का चयन हुनुभएको छ ।
वडा कार्यसमितिका सदस्यहरूमा चुकबहादुर पण्डित, मुक्ति बहादुर रिजाल, कौशिला नेपाली, मनोज घिमिरे, सरोज माझी, गणेशबहादुर तामाङ, नकुल रावल, गणेश बम्जन, संगीता बस्नेत (दाहाल), बुद्ध लामा (सुदिप), हरि श्रेष्ठ, सन्देश कार्की र विष्णु तिवारी चयन हुनुभएको छ ।
वडाका पुराना कांग्रेस नेता नेत्रबहादुर रावलको अध्यक्षतामा अधिवेशनको उद्घाटन गरिएको थियो । कार्यक्रमको सहजीकरण तथा नेतृत्व नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका सचिव सरोज बस्नेतले गर्नुभएको थियो ।
अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका सचिव बस्नेतले जानकारी गराउनुभएको हो ।
नवनिर्वाचित नेतृत्वले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै कार्यकर्ताबीचको समन्वय तथा संगठन सुदृढीकरणमा जोड दिने बताइएको छ । गत ३ गते काङ्ग्रेसको वडा अधिवेशन भन्दा धेरै नागरिक यस अधिवेशनमा भेला भएको बस्नेतले दावी गर्नुभयो ।
यसैबीच मेलम्ची ६ को पनि वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट सभापति -सुजि सुनुवार (किराँत) उप सभापति-नरेस बस्नेत ,उप सभापति- केसव भट्टराई सचिव-गौरी शाही ठकुरी ,सह सचिव-कृष्ण थापा कोषाध्यक्ष-पोष गिरी गरि ६ सदस्यीय वडा कार्यसमिति चयन हुनुका साथै १६ जना क्षेत्रीय प्रतिनिधिहरूसमेत चयन हुनुभएको छ ।
१६ आश्विन २०८३, शुक्रबार ०७:२७