ज्योति भञ्ज्याङ् आधारभुत विद्यालयले मनायो ४१औं वार्षिकोत्सव


जनतापत्र, मेलम्ची ।

श्री ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची –७ दुवाचौरको ४१औं वार्षिकोत्सव तथा २१औं अभिभावक दिवस धुमधामका साथ मनाएको छ ।
उक्त कार्यक्रम बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उहाँले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको र सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको महत्त्वपूर्ण भुमिका हुने जानकारी दिनुभयो ।
उहाँले जनजाति बसोबास बढि रहेको स्थानमा अझ आफ्नो बालबच्चाको शि
क्षामा ध्यानदिनुपर्ने अधिकार भएन भन्नु भन्दापनि आफुनै अग्रसर भएर अघि बढ्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

कार्यक्रममा मेलम्ची –७ का पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , समाजसेवी गणेश तामाङ लगायतले उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक नेत्रबहादुर दोङ, उत्कृष्ट विद्यार्थी ग्याल्मो दोङ, उत्कृष्ट अभिभावक अस्मिता तामाङ सम्मानीत भएका छन् ,
प्र अ धिरज श्रेष्ठले अभिभावक प्रतियोगितामा रोहित कुमार श्रेष्ठ प्रथम , श्यामसुन्दर श्रेष्ठ दित्तिय, अस्मिता नेपाली तृतीय र गोपाल दमाईले सान्त्वना स्थान प्राप्त गर्नुभएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरबहादुर दोङको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रधानाध्यापक धिरज श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो

२८ माघ २०८१, सोमबार १२:००