जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा विकास, शिक्षा तथा स्थानीय शासनका विविध विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री रेशम स्याङ्वोको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, त्रिभुवन विश्वविद्यालय अन्तर्गत ग्रामीण विकास विभाग, कीर्तिपुर तथा त्चष्–ऋजबलमचब ःगतिष्उभि ऋबmउगक का विभागीय प्रमुखसहितका प्राध्यापकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहको विकास, ग्रामीण क्षेत्रको समृद्धि, शैक्षिक सहकार्य तथा अनुसन्धानका सम्भावनाबारे छलफल गरिएको थियो। सहभागी प्राध्यापकहरूले जुगल गाउँपालिकाको विकास योजना, सामाजिक तथा आर्थिक अवस्थाबारे चासो व्यक्त गर्दै विश्वविद्यालय र स्थानीय तहबीच सहकार्यलाई अझ सुदृढ बनाउन सुझाव दिएका थिए।
त्यसैगरी, जनहित ग्रामीणका निर्देशक, गाउँपालिकाका सम्पूर्ण कर्मचारी तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको कार्यक्रममा स्थानीय विकासका चुनौती र अवसरका विषयमा विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष स्याङ्वोले शैक्षिक संस्था र स्थानीय सरकारबीचको सहकार्यले नीति निर्माण, अनुसन्धान तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जुगल गाउँपालिकाको समग्र विकासका लागि विज्ञ तथा शैक्षिक क्षेत्रसँग निरन्तर सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रमले स्थानीय तह र उच्च शिक्षाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विकासका साझा एजेन्डामा सहकार्य गर्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।
३ असार २०८३, बुधबार ०६:१२