जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका वडा नं. ३ तापगाउँ तथा वडा नं. ४ अन्तर्गत खानीगाउँ, डल्ले पोखरी र लामपोखरी आसपासका २२ जना महिलाहरूका लागि सञ्चालन गरिएको एकमहिने गलैँचा बुनाइ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
स्थानीय महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २२ जना दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमका क्रममा सहभागीहरूले गलैँचा बुनाइ सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्।

मंगलबार आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलताका माध्यमबाट आर्थिक अवस्था सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।
स्थानीय स्तरमा उपलब्ध स्रोत र सीपको सदुपयोग गर्दै महिलाहरूको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई उत्पादनमूलक कार्यमा संलग्न हुन प्रेरित गरेको आयोजकले जनाएको छ।
जुगल गाउँपालिकाले यस्ता सीपमूलक तथा रोजगारमुखी तालिमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै स्थानीय नागरिकको जीवनस्तर उकास्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

४ असार २०८३, बिहीबार १२:००