जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु


जनतापत्र, मेलम्ची ।
दुवाचौरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
योङस्टार युवा क्ल्व मेलम्ची –७ को आयोजनामा जिल्लास्तरीय भलिबल प्रतियोगिताको सुरु भएको हो ।
उक्त प्रतियोगितामा जिल्ला भित्रका पालिका अन्तर्गत वडा स्तरीय भलिबल खेलको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उप–महासचिव सुवर्ण श्रेष्ठ , जिसस पुर्व प्रमुख कृष्णगोपाल तामाङ , वडा अध्यक्ष पासाङ तामाङ लगायतले उद्घाटन गर्दै जिल्ला भरका १४ टिम सहभागी भएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले नगद ७० हजार , दोस्रोले ४० हजार तेस्रोले २० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट खेलाडी र विद्यार्थीलाई समापनका दिन प्रमुख अतिथि बागमती प्रदेशका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रीले पुरस्कार प्रदान गर्नुहुनेछ ।
उक्तदिन चर्चित कलाकारहरु प्रदिप रोक्का, प्रतिमा अर्याल, दिनेश काफ्ले, जेनीसा लामा, गोबिन्द पन्थि, विष्णुमाई तामाङ , डिजे ग्रेस लगायतले मनोरञ्जन प्रदान गर्ने राजन श्रेष्ठले बताउनुभयो । उद्घाटन कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उप– महासचिव श्रेष्ठले यस स्थानमा अझै खेल गतिविधिमा सहयोग गर्ने जनाउनुभयो ।

२२ आश्विन २०८१, मंगलवार ०२:१२