टोकियो, १३ कात्तिक २०८३। जापानको दक्षिणी क्षेत्र ओकिनावास्थित मियाको टापुनजिकै शुक्रबार एउटा सानो पानीजहाजमा आगलागी हुँदा पाँच जना चालक दलका सदस्यको उद्धार गरिएको छ। घटनामा एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मियाकोजिमा कोस्ट गार्ड कार्यालयमा स्थानीय समयअनुसार बिहान करिब ८ः१५ बजे जहाजमा आगलागी भएको सूचना पुगेको थियो। त्यसपछि उद्धार टोलीले घटनास्थल आसपास खोजी सुरु गरेको थियो।
खोजीका क्रममा जापान कोस्ट गार्डको विमानले समुद्रमा रहेको लाइफ र्याफ्टमा सवार चालक दलका छ जनालाई फेला पारेको थियो। तीमध्ये पाँच जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई गम्भीर चोटपटक नलागेको बताइएको छ।
जहाजमा रहेका चालक दलका बाँकी एक सदस्य भने अझै फेला परेका छैनन्। उनको खोजीका लागि कोस्ट गार्डले अभियान जारी राखेको जनाइएको छ।
१४ कार्तिक २०८३, शुक्रबार १९:०९