चौतारा साँगाचोकगढी नगरपालिकालाई सम्मान


जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकालाई सम्मान गरिएको छ । नगरबासी नागरिकको स्वास्थ्य विमा गर्ने निर्णय सम्मान जनक रहेको भन्दै अपाङ्गता समन्वय समितिले नगरलाई सम्मान गरेको हो ।
मंगलबार एक कार्यक्रमको बिच अपाङ्गता समन्वय समितिले चौतारा साँगाचोकगढी नगरापलिकाले पछिल्लो चरण गरेको नगरबासी नागरिकको स्वास्थ्य विमा गर्ने गरिरहेको छ । नगरपालिकाले सवै प्रकृतिका अपाङ्गता भएकाहरुलाई उक्त बिमा कार्यक्रममा समेट्ने निर्णयको सम्माान गर्दै नगरपालिकालाई सम्मान गरेको हो ।

समतिले आयोजना गरेको सरोकारवाला निकायको नीति तथा कार्यक्रमको अपाङ्गता समावेशी समिक्षा कार्यक्रमद्धारा नगरपालिकालाई गरिएको सम्मान दोसल्ला सहित उपप्रमुख सीता थापालाई प्रदान गरिएको छ ।

यसभन्दा अघि जेष्ठ नागरिक , क र ख बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र स्वास्थ्य विमा गर्दै आएको थियो । गत महिनाको १६ औँ नगरसभाको निर्णयमा नगरबासी अति दलित , बित्पन्न, सिमान्तकृत समुदाय माझी , पहरी र दनुवार, जनयुद्ध र जनआन्दोलनका घाईते, शहीद तथा बेपत्ता परिवार, खेलाडी र सवै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको लागि नगरपालिकाकै खर्चमा बिमा गराउने निर्णय भएको थियो ।

बिमाको लागि आवश्यक रकम प्रति व्यक्ति –परिवारको लागि लाग्ने ३ हजार ५ सय रुपैँया नगरपालिकाले बेहोर्नेछ र उनीहरुले बर्षमा एक लाख सम्मको स्वास्थ्य सेवा लिन पाउनेछन् । नगरपालिकाले दिएको जानकारी अनुसार, यस निर्णयमा नगरापालिकाभरका १ हजार भन्दा बढी व्यक्तिहरुले सुबिधा पाउने छन् ।

२९ फाल्गुन २०८१, बिहीबार ११:४२