चौतारामा १२औं सुरक्षित गर्भपतन सेवा दिवस मनाइयो ।

१२औं सुरक्षित गर्भपतन सेवा दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारासंगको समन्वय /सहकार्यमा आज चौतारामा विषेश कार्यक्रम आयोजना गरिएको छ ।”ऐक्यबद्धतासहित अघि बढौँ: विपद्‌मा सुरक्षित गर्भपतन सेवा लगायत प्रजनन न्याय सुनिश्चित गरौँ ।” भन्ने नाराका साथ आज १२ औं सुरक्षित गर्भपतन सेवा दिवस मनाइएको हो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, ५ नम्बरका वडा अध्यक्ष शिव श्रेष्ठ लगायत अतिथि कार्यक्रममा सहभागी रहनुभएको थियो ।कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले सहकारीमा आवद्ध सदस्य महिलाहरु मार्फत जनचेतना फैल्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्न सक्ने बताउदै सहकारीको नाम अनुसार मातृशिशु लगायत स्वास्थ्य सम्बन्धि अन्य जनचेतना फैल्याउन सहकारीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उँहाले सुरक्षित गर्भपतन सेवा दिवसको महत्त्व, गर्भपतनको कानुनि व्यवस्था लगायत अन्य स्वास्थ्यको विषयमा सहभागीलाई जानकारी गराउनुभयो ।सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन स्वास्थ्य अधिकार रहेको बताउदै
विपद् वा सामान्य अवस्था, जुनसुकै बेला पनि महिला तथा किशोरीले सुरक्षित, सम्मानजनक, गोपनीय र गुणस्तरीय रूपमा आवश्यक प्रजनन स्वास्थ्य सेवा पाउने उहाँले बताउनुभयो । सहकारीको नाम अनुसार मातृशिशुको विषयमा जनचेतना लगायत अन्य कार्यक्रम सन्चालन गर्दै आएको सहकारीका अध्यक्ष गुणकेसरी श्रेष्ठले जानकारी दिनुभयो ।

११ आश्विन २०८३, आईतवार १४:०१