जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारास्थित न्यू अरणिको रिसोर्टमा मानसिक स्वास्थ्यसम्बन्धी जिम्मेवार सञ्चार अभ्यास विषयक पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ” mental HealthM Responsible Media Reporting on Adolescent Mental Health” विषयमा आयोजित उक्त कार्यक्रमले किशोर–किशोरीहरूको मानसिक स्वास्थ्यका सवाललाई सञ्चारमाध्यममार्फत संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने नैतिक मापदण्ड, संवेदनशील भाषा प्रयोग, गोपनीयताको सम्मान तथा किशोर मानसिक स्वास्थ्यका मुद्दालाई सकारात्मक दृष्टिकोणबाट उजागर गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना २०४८ KTM ले गरेको हो भने “Foundation for a Just Society International, Ltd . को आर्थिक सहयोग रहेको थियो। नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको सहभागीहरूले बताएका थिए।
वक्ताहरूले किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य चुनौतीहरूबारे सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको प्रभावकारी भूमिका रहने उल्लेख गर्दै तथ्यपरक, सन्तुलित र मानवअधिकारमैत्री समाचार सम्प्रेषणमा जोड दिएका थिए।
कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तुमा पत्रकारहरूको ज्ञान, सीप र संवेदनशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
१९ जेष्ठ २०८३, मंगलवार ११:०९