जनतापत्र, चौतारा ।
चौतारामा कृतिम घटना अभ्यास गरिएको छ ।
चौतारा अस्पतालको आयोजना तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त अभ्यास गरिएको हो ।
जसनसुकै आपतकालिन अवस्थाको व्यवस्थापन होस् भन्ने उदेश्यका साथ कृतिम घटना अभ्यास गरिएको हो ।
सो अभ्यास कार्यक्रममा जिल्लामा बिपद् व्यवस्थापनमा काम गर्ने
सम्वद्ध पक्षहरुको सहभागिता रहेको थियो ।
सुरक्षाकर्मीहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीहरु घट्नाका घाइते पात्रहरू थिए । कोहीका टाउकोमा चोट, कोहीका खुट्टामा चोट र कोहिका घाँटी र कम्मरमा चोट लागेर घाइते अवस्था रहेको बखत पोषाकमा खटिएका प्रहरी र स्थानीयहरुको सहायतामा चौतारा अस्पतालका एम्बुलेन्स र वनदेबी पोलिक्लिनिक चौताराको एम्बुलेन्समा घाइतेलाई अस्पताल पुर्याइएको थियो ।
उक्त घट्नाको सन्दर्भमा सिन्धुपाल्चोकमा कार्यरत सञ्चारकर्मीहरुलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन रुद्रमणी भण्डारीले दुर्घटनामा घाईते भएकाहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । केहिबेरमै घट्नामा सहभागिहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको बिचमा छलफल गरिएको थियो ।
१० फाल्गुन २०८१, शनिबार १२:३०