चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद सापकोटाले छुट्टै विषेशता बोकेको सहकारी रहेको बताउदै संस्थालाई अगाडी बढाउन सहकारीको सिद्धान्त अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सहकारी मार्फत जनचेतनाको कार्यलाई पनि अगाडी बढाउन सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले मातृशिशु सम्बन्धि चेतना फल्याउन पनि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको सापकोटाले बताउनुभयो ।
१ करोड २ लाख सेयर पुजि , ७४१ सदस्य रहेको सहकारीको आगामि बर्ष ७६५ सदस्य पुर्याउने लक्ष्य लिएको बताइएको छ । प्रगती प्रतिवेदन सहकारीका सह- सचिव विमला सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सहकारीको सफलताको शुभकामना व्यक्त गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले सहकारीले नाममा उल्लेख भए अनुसार मातृशिशुको क्षेत्रमा जनचेतना र अन्य कार्यक्रम सन्चाल भै रहेकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा ५ नम्बरका वडा अध्यक्ष शिव श्रेष्ठले नगरभित्र ११४ सहकारी दर्ता भएर सन्चालनमा रहेको बताउदै यस सहकारीको विशेष रहेको बताउनुभयो । उहाँले संस्था सहकारीको सिद्धान्त अनुसार चले निम्न बर्ग र किसानलाई सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं ५ का पुर्व वडा अध्यक्ष एवम नगर सहकारी सन्जालका अध्यक्ष नरमान श्रेष्ठ, पत्रकार महासंघ सिन्धुपाल्चोकका पुर्व अध्यक्ष जिवन श्रेष्ठ , अन्य सहकारीका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्दै साधारणसभा लाई सामन्य रुपमा नलिन आग्रह गर्दै सहकारीको गतिविधिमा सदस्यहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सदस्यले ध्यान नदिँदा सहकरीमा झन समस्या आउन सक्ने बताउनुभयो ।कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, एस ई ई मा उत्कट नम्बर ल्याउने सदस्यका छोराछोरीलाई सम्मान समेत गरियो ।
सहकारीका अध्यक्ष गुणकेसरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन उपाध्यक्ष रोजिना घतानिले सन्चालन गर्नुभएको थियो ।
११ आश्विन २०८३, आईतवार १३:५३