निद्रा मानव जीवनका लागि अति आवश्यक कुरा हो। जसरी स्वस्थ बन्नका लागि पोषिलो खानपान, व्यायाम र मानसिक सन्तुष्टि लगायतका कुराहरू आवश्यक पर्छन्, त्यसरी नै निद्रा पनि अत्यावश्यक छ।
निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ। साथै मानसिक कार्यक्षमता, जस्तैस् स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ।

उमेर अनुसार मानिसलाई निद्राको आवश्यकता पनि फरक(फरक हुने गर्छ। शारीरिक कार्यहरू जस्तै हर्मोनहरूको सन्तुलन, मुटु र रक्तसञ्चार स्वास्थ्यको सुदृढीकरण, मेटाबोलिज्म सुधार र तौल नियन्त्रण गर्ने, सौन्दर्यता बढाई छालामा चमक ल्याउने जस्ता अनेकौँ कार्य निद्राले गर्ने वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा। हेमराज कोइराला बताउँछन्।
कसलाई दैनिक कति निद्राको आवश्यकता पर्छ?
सामान्यतया वयस्कहरूका लागि दैनिक ७ देखि ८ घण्टा गुणस्तरीय निद्रा आवश्यक मानिन्छ। स्वस्थ जीवनशैलीका लागि यो समय शरीरलाई आराम दिन र मस्तिष्क सक्रिय राख्न जरुरी छ। उमेर अनुसार निद्राको आवश्यकता फरक पर्छस नवजात शिशुलाई १४–१७ घण्टा, बालबालिकालाई ९–१२ घण्टा र वृद्धवृद्धालाई ७–८ घण्टा निद्रा आवश्यक हुन सक्छ।
उमेर अनुसार आवश्यक निद्रास्
नवजात शिशु ९०–३ महिना०स् १४ देखि १७ घण्टा
शिशु ९४–१२ महिना०स् १२ देखि १६ घण्टा
बालबालिका ९१–५ वर्ष०स् १० देखि १४ घण्टा
विद्यालय जाने उमेर ९६–१३ वर्ष०स् ९ देखि १२ घण्टा
किशोरकिशोरी ९१४–१७ वर्ष०स् ८ देखि १० घण्टा
वयस्क ९१८–६४ वर्ष०स् ७ देखि ९ घण्टा
वृद्धवृद्धा ९६५ं वर्ष०स् ७ देखि ८ घण्टा
गहिरो निद्राका लागि टिप्सस्
सुत्ने र उठ्ने निश्चित समय बनाउनुहोस्।
सुत्नुअघि मोबाइल वा टिभी नहेर्नुहोस्।
कोठा शान्त, अध्याँरो र आरामदायी बनाउनुहोस्।
नियमित व्यायाम गर्नुहोस्।( स्वास्थ्य खबरबाट साभार)
१० बैशाख २०८३, बिहीबार १२:१८