जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनमा खुला सन्देशमूलक लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । ११५ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा नगरपालिका भरिबाट १२ समूह सहभागि भएका थिए । प्रतियोगितामा कमलको फुल सहकारी संस्थाकी निर्मला तिमल्सीनाको समूह प्रथम हुन सफल भएको छ । त्यस्तैै
वडा नम्बर १० को कबिता थापाको समूह दोस्रो , कञ्चन बि.क. को नेतृत्वमा रहेको अपाङ्गता भएका व्यक्तिहरुको समूह तेस्रो र रसिला खत्रीको नेतृत्वमा रहेको वडा नम्बर १४ को समूहले सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हासिल गर्ने समूहलाई पुरस्कार वापत एक एक थान स्पीकर ( साउण्ड स्टम ं) प्रदान गरिएको थियो । उक्त पुरस्कार कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख सीता थापाले बितरण गरेकी हुन् ।
प्रतियोगिताको मुल्याङ्कन गर्ने कलाकारहरु सिन्धुकला प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, श्री जनजागृती माबिका शिक्षिका खिकादेबी नेपाल र सिनधुकला मनिदरका सदस्य निर्मल बस्नेतले गरेका थिए ।
२५ फाल्गुन २०८१, आईतवार १२:३१