जनतापत्र,सिन्धुपाल्चोक ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा सञ्चालित “प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण कार्यक्रम–आठौँ चरण ः समृद्धिका लागि शान्ति” कार्यक्रमको समग्र प्रभावकारिता, उपलब्धि तथा स्थानीय सरकार र सरोकारवाला निकायहरूसँगको सहकार्यको अवस्थाको विश्लेषण गर्न समाजकल्याण परिषद्को अनुगमन तथा मूल्याङ्कन टोलीले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा स्थलगत अनुगमन सम्पन्न गरेको छ।

मिति २०८३ जेठ ३० र ३१ गते सम्पन्न अनुगमनका क्रममा टोलीले कार्यक्रम सञ्चालन भएका विभिन्न स्थानीय तह तथा समुदायमा पुगेर कार्यक्रमबाट प्राप्त उपलब्धि, प्राकृतिक स्रोत व्यवस्थापनमा आएको सुधार, समुदायस्तरमा द्वन्द्व न्यूनीकरणका प्रयास तथा शान्ति प्रवद्र्धनमा कार्यक्रमले पु¥याएको योगदानबारे जानकारी संकलन गरेको थियो।

अनुगमन टोलीले स्थानीय सरकार, न्यायिक समिति, समुदाय तथा कार्यक्रमसँग आबद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै कार्यक्रम कार्यान्वयनको अवस्था, चुनौती र आगामी सम्भावनाबारे समेत छलफल गरेको जनाएको छ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा अनुगमनलाई सफल बनाउन सहयोग पु¥याउने स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, न्यायिक समितिका सदस्य, वडा अध्यक्ष, माकुरा समूहका सदस्य, राष्ट्रिय स्रोत व्यक्तिहरू, सहजकर्ता तथा सम्बन्धित सरोकारवालाप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।
प्राकृतिक स्रोतसँग सम्बन्धित विवादलाई संवाद, सहकार्य र सहभागितामूलक प्रक्रियामार्फत समाधान गर्दै दिगो शान्ति तथा समृद्धि स्थापना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको छ। अनुगमनबाट प्राप्त सुझाव र निष्कर्षहरूले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
१ असार २०८३, सोमबार १४:५६