कार्कीको रिटमा सुनुवाइ कहिले हुने टुंगो लागेन

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदबाट हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनमाथि मंगलबार पनि सुनुवाइ प्रक्रिया अघि बढ्न सकेन। मुद्दाको नयाँ पेशी मिति समेत निर्धारण हुन नसकेपछि सुनुवाइ थप लम्बिने भएको छ।

कार्कीले रिट दर्ता गर्दा सोमबार सुनुवाइ हुने अपेक्षा गरिएको थियो। तर, छठ पर्वका कारण सरकारले सार्वजनिक बिदा दिएपछि अदालतको नियमित काम प्रभावित भयो। मंगलबार पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा मुद्दा पेशीमा चढ्न सकेन।

कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी टीकाहादुर कुँवरले नयाँ तारिख लिन मंगलबार सर्वोच्च अदालत जाने जानकारी दिएका छन्। उनका अनुसार तारिख लिएपछि मात्रै मुद्दाको सुनुवाइ हुने दिनबारे स्पष्ट हुनेछ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उक्त निर्णयलाई चुनौती दिँदै कार्की सर्वोच्च पुगेका हुन्। उनले सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशसमेत माग गरेका छन्।

अब सर्वोच्च अदालतले नयाँ पेशी मिति तोकेपछि मात्रै सरकारको निर्णयविरुद्ध परेको रिटमाथि न्यायिक प्रक्रिया अघि बढ्नेछ।

२ मंसिर २०८३, मंगलवार १०:५५