एनपीएलको तेस्रो संस्करण उद्घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाँदै

काठमाडौं, कात्तिक ९। प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुन कीर्तिपुर जाने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले शाह उद्घाटन कार्यक्रममा उपस्थित हुने जानकारी दिएकी हुन्।

आज दिउँसो ५ बजे हुने उद्घाटन समारोहअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा सहभागी खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै छोटो समयमै यसले भव्य खेलकुद उत्सवको स्वरूप लिएको बताएका छन्।

उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। साथै, नेपाली खेलाडी, आयोजक र क्यानको प्रयासको प्रशंसा गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।

एनपीएलको तेस्रो संस्करण सुरु हुन लागेसँगै नेपाली क्रिकेटप्रेमीमाझ उत्साह बढेको छ। प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियता विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ।

१० कार्तिक २०८३, सोमबार ०९:५५