काठमाडौं — संघीय संसद्का दुवै सदनको जारी अधिवेशन शुक्रबार मध्यरातबाट औपचारिक रूपमा अन्त्य हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार संविधानको धारा ९३ को उपधारा (२) प्रयोग गरी अधिवेशन अन्त्य गरिएको हो।
उनका अनुसार असोज १६ गते शुक्रबार राति १२ बजेपछि संघीय संसद्को यो अधिवेशन समाप्त हुनेछ।
यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको हाल चलिरहेको बैठक तथा अधिवेशनसम्बन्धी प्रक्रिया पनि अन्त्य हुनेछ।
१५ आश्विन २०८३, बिहीबार १३:१९