जनतापत्र, सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिकाको उद्यम विकास शाखाद्वारा सञ्चालित “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)” अन्तर्गत वडा नं. ७ निवासी उद्यमी मनमाया तिमल्सिनालाई चटपटे ठेला गाडा हस्तान्तरण गरिएको छ।

मिति २०८३ जेठ १९ गते आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाको उपस्थितिमा उक्त ठेला गाडा हस्तान्तरण गरिएको हो। कार्यक्रममार्फत उद्यमीलाई व्यवसाय सञ्चालन तथा विस्तारमा सहयोग पु¥याउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गरी आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले विभिन्न उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले उपलब्ध गराइएको सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई दिगो रूपमा अगाडि बढाउन उद्यमीलाई आग्रह गरे।
चटपटे ठेला गाडा प्राप्त गरेपछि उद्यमी मनमाया तिमल्सिनाले गाउँपालिकाबाट प्राप्त सहयोगले व्यवसाय सञ्चालन गर्न थप सहज हुने र आयआर्जन वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
सुनकोशी गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत सीप विकास तालिम, उद्यमशीलता अभिमुखीकरण तथा आवश्यक सामग्री सहयोग उपलब्ध गराउँदै स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ। यस्ता कार्यक्रमले गरिबी न्यूनीकरणसँगै स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
२२ जेष्ठ २०८३, शुक्रबार ०७:५१