मेलम्चीमा स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोशेलीघर’ सञ्चालनमा

जनतापत्र,सिन्धुपाल्चोक ।
स्थानीय किसान, उद्यमी तथा हस्तकलाका सामग्री उत्पादकलाई आफ्ना वस्तु सहज रूपमा बजारसम्म पु¥याउने उद्देश्यका साथ मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा ‘कोशेलीघर’ सञ्चालनमा ल्याएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा उपभोक्तालाई गुणस्तरीय रैथाने वस्तु उपलब्ध गराउने लक्ष्यसहित स्थापना गरिएको कोशेलीघरको औपचारिक उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको हो।

नगरपालिकाका अनुसार कोशेलीघर साउन ८ गतेदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने यस केन्द्रमार्फत स्थानीय किसान र उद्यमीले उत्पादन गरेका कृषि उपज तथा घरेलु सामग्री सिधै उपभोक्तासम्म पुग्ने व्यवस्था मिलाइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख आइतमान तामाङले स्थानीय उत्पादनलाई उचित बजार उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले किसानले उत्पादन गरेका ताजा फलफूल, तरकारी, मह, घरेलु अचार, गेडागुडी, चिया, कफी, अण्डा, माछा, हर्बल सामग्री, हस्तकलाका सामग्री तथा अन्य रैथाने उत्पादनलाई प्राथमिकताका साथ बिक्री–वितरण गरिने जानकारी दिनुभयो। स्थानीय स्तरमा उत्पादन भएका विशेष परिकार तथा वस्तुलाई आवश्यकता अनुसार जिल्ला बाहिरका बजारसम्म पनि विस्तार गर्ने नगरपालिकाको योजना रहेको उहाँले उल्लेख गर्नुभयो।

नगर प्रमुख तामाङका अनुसार कोशेलीघर केवल बिक्री केन्द्र मात्र नभई स्थानीय उत्पादनलाई पहिचान दिलाउने, किसान र उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने साझा थलोका रूपमा विकास गरिनेछ। यसले कृषिमा आधारित उद्यमशीलता विस्तार गर्न र युवालाई उत्पादनमुखी व्यवसायमा आकर्षित गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ‘फार्मदेखि किचनसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले कोशेलीघर सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उपभोक्ताको मागअनुसार नयाँ तथा परिष्कृत उत्पादन बजारमा ल्याइनेछ। साथै स्थानीय उद्यमी, किसान तथा व्यवसायीबीच अनुभव आदानप्रदान गर्ने साझा प्लेटफर्मका रूपमा पनि कोशेलीघरलाई विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

नगरपालिकाले कोशेलीघर सञ्चालनसँगै स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि हुने, बिचौलियाको भूमिका घट्ने र उत्पादकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरेको छ। स्थानीय स्तरमा उत्पादन भएका वस्तुको नियमित बिक्रीबाट किसानको आम्दानी वृद्धि हुनुका साथै कृषि तथा घरेलु उद्योगमा नयाँ सम्भावना सिर्जना हुने विश्वास गरिएको छ।

मेलम्ची बजार आसपास रहेका सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, छिमेकी पालिकाका उपभोक्ता तथा भ्रमणका लागि आउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै कोशेलीघर सञ्चालनमा ल्याइएको हो। दैनिक आवश्यक उपभोग्य वस्तु एउटै स्थानबाट खरिद गर्न सकिने भएकाले उपभोक्तालाई समेत सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी स्थानीय किसान तथा उद्यमीहरूले कोशेलीघर स्थापना भएपछि आफ्ना उत्पादन बिक्रीका लागि नयाँ अवसर प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले नगरपालिकाको यो पहलले स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा नगर उपप्रमुख उमा प्रधान, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, कर्मचारी, उद्योगी, व्यवसायी, किसान तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा कोशेलीघर प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै यसको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

९ श्रावण २०८३, शनिबार ०५:३२