सरकारले गर्नुपर्ने काम सामाजिक संस्थाले गरिरहेको मेलम्चीका नगरप्रमुख तामाङको भनाइ


जनतापत्र, मेलम्ची ।
सरकारले गर्नुपर्ने काम सामाजिक संंस्थाले गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । ह्यन्डी क्राफ्ट इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गरेको अपाङ्ता भएका व्यक्तिहरुको पहुँच वृद्धि परियोजनाको स्थानीय परियोजना सल्लाहकार समितिको वैठकमा यस्तो बताउनुभएको हो ।
उहाँले उक्त बैठकको अध्यक्षता गह्रण गर्दै सामाजिक संस्थाले सरकारले गर्नुपर्ने काममा सहजिकरण गरिरहेको जानकारी दिनुभएको हो ।
ह्यन्डी क्राफ्ट इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गरेको अपाङ्ता भएका व्यक्तिहरुको पहुँच वृद्धि परियोजनाको अन्र्तगत विभिन्न कामहरु गरिहेको छ ।
कार्यक्रमको अथिति रहनुभएको उपप्रमुख उमा प्रधानले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा संस्थाले सकारात्मक काम गरेको जानकारी दिनुभयो ।
उक्त परियोजनाको २ करोड ४ लाख ३ हजार ९ सय ४ रपैँया कुल बजेट रहेको छ । परियोजनाको हाल सम्म ७२ लाख ८७ हजार २ सय २८ रुपैया खर्च भएको वैठकमा परियोजनाले जानकारी दिएको छ ।
परियोजना अन्तर्गत मेलम्ची नगर अस्पतालमा
फिजियोथेरापी सेवा लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

७ पुष २०८१, आईतवार १२:५३