वसन्तपुरमा सामूहिक कुमारी पूजा सम्पन्न

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्राको सुरुवातको संकेतका रूपमा योःसी ठड्याएपछि त्यसको भोलिपल्ट कुमारी पूजा गर्ने परम्पराअनुसार पूजा आयोजना गरिएको हो।

तलेजु भवानी मन्दिरअगाडि आयोजित पूजामा महिनावारी सुरु नभएका बालिकाहरूलाई कुमारीका रूपमा सजाएर वैदिक विधिअनुसार पूजा गरिएको थियो।

काठमाडौं उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कुमारी पूजालाई इन्द्रजात्राका महत्वपूर्ण विधिमध्ये एकका रूपमा लिइन्छ।

२८ भाद्र २०८३, आईतवार १४:३७