जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै जलस्रोत पुनर्भरण गर्ने उद्देश्यले वन्यजन्तु मैत्री जल पुनर्भरण पोखरी (ध्ष्मिषिभ ँचष्भलमथि ध्बतभच च्भअजबचनभ एयलम) निर्माण गरिएको छ।

पोखरी निर्माणसँगै वन क्षेत्रमा बसोबास गर्ने वन्यजन्तु तथा चराचुरुङ्गीलाई वर्षभरि पानीको सहज उपलब्धता हुने अपेक्षा गरिएको छ। साथै, वर्षाको पानी संकलन गरी जमिनमुनिको जलस्रोत पुनर्भरणमा समेत यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
स्थानीय समुदाय, वन उपभोक्ता समूह तथा सम्बन्धित निकायको सहकार्यमा निर्माण गरिएको यस पोखरीले पानीको अभावका कारण वन्यजन्तु र मानवबीच हुन सक्ने द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका कारण बढ्दो पानीको अभावलाई मध्यनजर गर्दै यस्ता संरचनाले वातावरण संरक्षण र पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन्।
यस्ता खालका पोखरीहरू चौतारा–११ लगायत जिल्लाका विभिन्न स्थानमा पनि निर्माण गरिएको छ। स्थानीयवासीले यस्ता संरक्षणमुखी पूर्वाधारको विस्तारले वन्यजन्तु संरक्षणसँगै प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
१९ असार २०८३, शुक्रबार १४:५५