जनतापत्र,सिन्धुपाल्चोक ।
फिनल्याण्ड सरकार तथा नेपालस्थित फिनल्याण्डका महामहिम राजदूत श्री पेट्री पुहाक्काको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र विश्व खाद्य कार्यक्रम (ध्ँए) टोलीले चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको अवलोकन गरेको छ।

अवलोकनका क्रममा प्रतिनिधिमण्डलले विद्यालय दिवा खाजा कार्यक्रमको प्रभावकारिता, विद्यार्थीहरूको सहभागिता, पोषण अवस्था तथा शिक्षामा कार्यक्रमले पु¥याएको योगदानबारे जानकारी लिएको थियो। नगरपालिकाले शिक्षा, पोषण र बालबालिकाको समग्र विकासका क्षेत्रमा फिनल्याण्ड सरकार र ध्ँए ले प्रदान गर्दै आएको सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।
विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूको नियमित विद्यालय उपस्थितिमा वृद्धि, सिकाइ उपलब्धिमा सुधार, विद्यालय छाड्ने दर न्यूनीकरण तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस कार्यक्रमले बालबालिकाको पोषण सुधारसँगै गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरेका थिए।
नगरपालिकाले फिनल्याण्ड सरकारको सहयोग तथा ध्ँए सँगको साझेदारी आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै विद्यालय दिवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। साथै डिजिटल शिक्षण प्रणाली, आधुनिक शैक्षिक प्रविधि र बालमैत्री सिकाइ वातावरण निर्माणका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा शिक्षा र पोषणमा गरिएको लगानीले दीर्घकालीन रूपमा समृद्ध, सक्षम र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो। सहभागीहरूले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न शिक्षा र पोषणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका थिए।
२ असार २०८३, मंगलवार १३:०९