नुवाकोटको आप्र–नर्जा हुँदै रसुवाको कालिकास्थान र धुन्चे जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
बाढीका कारण बेत्रावती हुँदै धुन्चे जाने मुख्य सडक अवरुद्ध भएपछि साना चारचक्के सवारीसाधन आवतजावत गर्न मिल्ने गरी वैकल्पिक मार्ग खोलिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौंको टोखा–छहरे–गड्खार पुल हुँदै आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै धुन्चेसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको हो।
मुख्य सडक अवरुद्ध हुँदा रसुवा आवतजावतमा समस्या परिरहेका बेला वैकल्पिक मार्ग सञ्चालनमा आएपछि स्थानीय तथा यात्रुहरूलाई केही सहज हुने अपेक्षा गरिएको छ।
१२ भाद्र २०८३, शुक्रबार १६:३५