तथ्यमा आधारित सूचना संकलन गर्न नगर प्रमुख तामाङको आग्रह

जनतापत्र, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तथ्यांक संकलनका क्रममा तथ्यमा आधारित, स्पष्ट र विश्वसनीय सूचना संकलन गर्नुपर्नेमा जोड दिनुभएको छ।

एक जिल्ला एक स्वस्थ सहर कार्यक्रम अन्तर्गत तथ्यांक संकलन कार्यमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि आयोजित प्यदय त्यय िद्ययह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले जनस्वास्थ्य अत्यन्त संवेदनशील विषय भएकाले तथ्यांक संकलन गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो। उहाँले सही तथ्यांकले नीति निर्माण, योजना तर्जुमा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सर्वेक्षण कार्यलाई निष्पक्ष, यथार्थपरक र तथ्यमा आधारित बनाउन संकलकहरूलाई निर्देशन दिनुभयो। उहाँले संकलित तथ्यांकको गुणस्तरले कार्यक्रमको प्रभावकारितामा प्रत्यक्ष असर पार्ने भएकाले जिम्मेवार ढंगले कार्य गर्न आग्रह गर्नुभयो।

मेलम्ची नगरपालिकाको समन्वय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा स्वस्थ सहर निर्माणका लागि आवश्यक तथ्यांक संकलन, डिजिटल प्रविधिको प्रयोग तथा प्यदय त्यय िद्ययह मार्फत प्रभावकारी रूपमा सूचना व्यवस्थापन गर्ने विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

२६ जेष्ठ २०८३, मंगलवार १४:१७